फोटोग्राफी तथा भिडियोग्राफीका लागि सदैव सम्झनुहोस

तपाईको हरेक शुभकार्यहरुमा गुणस्तरीय भिडियोग्राफी वा फोटोग्राफी गर्नुपरेमा सम्झनुहोस

सम्पूर्ण खबर

स्थानीय तथा राष्ट्रिय खबरहरुका लागि सदैव हेर्नुहोस

विज्ञापनका लागि सदैव सम्झनुहोस

यदि तपाई आफ्नो व्यवासावको बिज्ञापन दिई व्यापार बढाउँन चाहानुहुन्छ भने हामीलाई सम्झनुहोस

You can share your ideas to us

We always appreaciate your ideas.

Photography and Videography Service

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

ifyyerjerhv
https://l.facebook.com/l.php?u=http%3A%2F%2Fwww.ashesh.com.np%2Fpreeti-unicode%2F&h=ATMWpMiU9tLt10_DuMEs0MNrgLcwpRB9rPHVeCMZPfA5UNqS8if3uBwgQs9mD8qeTfVDOkq8ukC5RQeje51EQKy4KkSfANO7U5orNQvDuAmQnLFUM8fWyYov-4vSL_C-E-1KxJb48AUY

Friday, October 11, 2019

सबैको चासो रेलमार्गको सम्झौतामा के होला त हस्ताक्षर ?


काठमाडौं । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न सम्झौता हुने बताइएको छ । यसका लागि सरकारले यसअघि नै तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगसमेत छलफल गरेका थिए । राजधानीमा छापिएको छ ।

केरुङ–काठमाडौं रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलगायतका विषयमा महŒवपूर्ण सम्झौता हुने अपेक्षा गरिएको छ । सो रेलमार्ग निर्माणको मोडालिटीको विषयमा छलफल भएपछि मात्र सम्झौता हुनेछ । नेपालले ८० प्रतिशतसम्म अनुदानमा रेलमार्ग निर्माणका लागि प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ । सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुने वार्तामा सो विषयमा छलफल हुने बताइएको छ । दुवै पक्षले पहिलो प्राथमिकतामा रेलमार्गका आयोजना नै राखेका छन् ।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गसहित अन्य भौतिक निर्माणका विषयमा नै केन्द्रित भई सम्झौता हुने संकेत गरेका छन् ।



स्रोतका अनुसार केरुङ–काठमाडौं रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गका साथै कोरला नाकाको पूर्वाधार विकास, अरनिको राजमार्गको स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय निर्माण, तमोर हाइड्रो निर्माणलगायतका विषयका सम्झौतामा हस्ताक्षर हुनेछ ।

यस्तै, सुवागढी–काठमाडौं नाका र सडक स्तरोन्नति, तातोपानी–काठमाडौं नाका र सडक स्तरोन्नति, टोखा–छहरे सुरुङमार्ग निर्माण, उत्तरदक्षिण जोड्ने रानी–किमाथांका कोसी करिडोर, सुनौली–कोरला कालीगण्डकी करिडोर र जमुनाहा–हिल्सा कर्णाली करिडोरमा समेत चिनियाँ लगानीको विषयमा सहमति हुनेछ ।

नेपाल र चीनबीच हुने सहमतिका ऐजेन्डाबारे अन्तिम रूप दिनका लागि चिनियाँ टोली शुक्रबार काठमाडौं आइसकेको छ । काठमाडौंमा नेपाल र चीनका टोलीबीच छलफल सुरु भइसकेको र अन्तिम स्वरूप दिएपछि दुई देशबीच सम्झौता हुने बताइएको छ ।

दुई देशबीच हुने सहमतिबारे विस्तृत रूपमा सरकारी अधिकारीले केही नखुलाएको भए पनि मुख्यतः रेलमार्ग निर्माणमा केन्द्रित भई अन्य विषयसमेत समेटेर सम्झौता हुने आँकलन गरिएको छ ।

कनेक्टिभिटीअन्तर्गत चीन अन्य परियोजनामा सानो प्रतिशत अनुदान दिए पनि रेलमार्ग निर्माणमा ५० प्रतिशतभन्दा बढी रकम अनुदान घोषणा गर्न सक्ने अनुमान गरिएको छ । ३ खर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको ८० किलोमिटरको लामो रेलमार्ग निर्माणका लागि आठ वर्षभन्दा बढी समय लाग्नेछ ।



चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मंसिरमा बुझाएको थियो ।

गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनियाँ अधिकारीले रेल मार्गबारे उच्च स्तरको सहमति जरुरी रहेको बताएको थियो । अहिले हुने चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा यो रेलमार्ग निर्माणबारे सहमति हुने सम्भावना बढी रहेको बताइएको छ ।

चीन सरकारले लाओस, भियतनामलगायत देशका परियोजनाको ७० प्रतिशतसम्म अनुदान दिएको छ । सोही आयोजनाहरूलाई देखाउँदै नेपाली पक्षले रेलमार्ग निर्माणमा ठूलो अनुदानको अपेक्षा गरेको हो । चीनको बीआरआई परियोजनामा समेत रेलमार्गलाई समावेश गरेको छ ।

Wednesday, July 11, 2018

Thursday, February 15, 2018

hindi nice song tone